नियम १०४क
दान, उपहार, चन्दा आदि लिन नहुने
(१) सरकारी काममा कनै पनि प्रकारको असर पर्नसक्ने गरी कुनै पनि सैनिक व्यक्ति र निजको परिवारको सदस्य समेतले नेपाल सरकारको पूर्व स्वीकृतिबिना स्वदेशी बा बिदेशी कसैबाट कुनै प्रकारको दान दातव्य, कोसेली बा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापदी लिनु हुँदैन ।
(२) सैनिक व्यक्तिले कनै विदेशी सरकार बा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाइ सौ कुराको सूचना दिइ निकाशा भएबमोजिम गर्नुपर्छ ।